ग्लोबल


इजरायलको दाबी- उत्तरी गाजामा हमासको गढ कब्जा गर्‍यौँ, हेर्नुहोस् तस्बिर

इजरायलको दाबी- उत्तरी गाजामा हमासको गढ कब्जा गर्‍यौँ, हेर्नुहोस् तस्बिर

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १४:४७, काठमाडौँ

इजरायलको सेनाले उत्तरी गाजापट्टीमा हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ।

इजरायलको दाबी छ– यस अवधिमा एन्टीट्याङ्क मिसाइल र लन्चप्याड, ठूलो मात्रामा हतियार बरामद गरिएको छ र गुप्तचर जानकारी सङ्कलन गरिएको छ। 

इजरायली नौसेनाले हमासले आफ्नो गुप्तचर र प्राविधिक नेटवर्क चलाइरहेको केही लक्ष्यलाई निशाना बनाएको दाबी गरेको छ। 

आईडीएफले दाबी गरेको छ– हाम्रा सैनिकले अल कुड्स अस्पताल नजिकैको भवनमा लुकेका हमास लडाकुलाई देखेका छन्। 

इजरायलले उक्त भवनलाई निशाना बनाएर हवाई हमला गरेपछि विस्फोट भएको बताएको छ, जसले त्यहाँ हतियारको भण्डार रहेको देखाउँछ।

इजरायलले खान युनुस क्षेत्रमा बम विस्फोट भएको उल्लेख नगरे पनि त्यहाँ ठूला विस्फोट भएको जानकारी प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ। 

इजरायल र हमासबीचको द्वन्द्वमा हालसम्म १० हजारभन्दा बढी प्यालेस्टेनी मारिएका छन्।

अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। 

इजरायलले युद्धविरामको अपिललाई बेवास्ता गरिरहेको छ।

हेर्नुहोस् इजरायली सेनाले सार्वजनिक गरेका तस्बिर-

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .