ग्लोबल


कोप–२८ मा ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्छ : महासचिव गुटेरेस

कोप–२८ मा ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्छ : महासचिव गुटेरेस

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८० मंगलबार ११:५५,

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता सुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्वका नेताले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा जोड दिन आवश्यक रहेको बताएका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँगको कुराकानीमा महासचिव गुटेरेसले अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताए।

सन् १९९० को सुरुआतको दर भन्दा अहिले तीन गुणा छिटो हिउँ पग्लिरहेको महासचिव गुटेरेसले बताए। ‘हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुन्द्री बरफको वर्तमान सीमा यस सिजनको औसत भन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ। यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमा बराबर छ,’ महासचिव गुटेरेसले भने।

जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने गुटेरेस बताउँछन्। जसले साना टापु र विश्वभरका धेरै तटीय सहरको दिगोपनलाई असर गर्ने उनको भनाइ छ।

हिउँ घट्दै जाँदा तातो मौसम तीव्र रूपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने उनले बताए। कोप–२८ सम्मेलनमा विश्वका नेताले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्नेमा महासचिव गुटेरेसको जोड छ। –सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .