ग्लोबल


चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

रासस/सिन्ह्वा
मंसिर १५, २०८० शुक्रबार २०:२२, लान्झोउ

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ।

हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको  चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्।

हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको र पत्ता लगाइएको तेल भण्डारहरूले प्रतिवर्ष ५००,००० टनको कच्चा तेल उत्पादन क्षमता बनाएको  निउले उल्लेख गरेका छन्।

यसअघि चाङ्छिङ आयलफिल्डले विश्वस्तरीय अल्ट्रा-ठूलो तेल निर्माण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .