ग्लोबल


इजरायल–हमास युद्धविराम किन भंग भयो? यस्तो छ अमेरिकाको आरोप

इजरायल–हमास युद्धविराम किन भंग भयो? यस्तो छ अमेरिकाको आरोप

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १४:३१, काठमाडौँ

अमेरिकाले हमासले महिला बन्धकहरूलाई छाड्न इन्कार गरेकाले इजरायलसँगको युद्धविराम भंग भएको आरोप लगाएको छ।  

अमेरिकी विदेश मन्त्रालयले महिला बन्धकलाई भइरहेको हिंसा सार्वजनिक हुने डरले हमासले उनीहरूलाई रिहा नगरेको र यसैकारण इजरायलसँग भएको एक साता लामो युद्धविरामको सम्झौता तोडिएको दाबी गरेको हो।  

मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई भने, ‘हमासले महिला बन्धकहरूलाई बलात्कार गरेको रिपोर्टमा हामीले शंका गर्नुपर्ने कुनै कारण छैन।’

बीबीसीको समाचारअनुसार सोमबार न्युयोर्कस्थित संयुक्त राष्ट्रको मुख्यालयबाहिर भेला भएका प्रदर्शनकारीले हमासले इजरायली महिलालाई गरेका बलात्कार, अपहरण र दुर्व्यवहारप्रति संयुक्त राष्ट्रसंघले देखाएको ‘निष्क्रियता’को आलोचना गरेका छन्। 

यस क्रममा एक प्रदर्शनकारी हमासले जानाजानी इजरायली महिलाविरुद्ध यौन हिंसाको हतियार प्रयोग गरेको आरोप लगाए। 

तर हमासले यी आरोपलाई अस्वीकार गर्दै पूर्ण रूपमा झुटो भएको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .