ग्लोबल


चिनियाँ पानीजहाजले भत्कायो पुल, नदीमा खसे गाडी

चिनियाँ पानीजहाजले भत्कायो पुल, नदीमा खसे गाडी

नेपालखबर
फागुन १०, २०८० बिहिबार १६:१,

चिनियाँ सहर क्वाङचौमा बिहीबार एउटा कार्गो जहाजले पुल भत्काइदिएको छ। जसका कारण पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ।

यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको बताइएको छ। यो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। भने एक जना घाइते भएका छन्।

तीन जना अझै हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सीसीटीभीमा प्रसारित फुटेजमा पुलको एउटा हिस्सा भाँचिएको देखिन्छ। जहाज रित्तै देखिन्छ।

स्थानीय समयअनुसार यो घटना बिहान साढे ५ बजे भएको हो।

जहाजका क्याप्टेनलाई पक्राउ गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .