ग्लोबल


१ नेपाली गार्ड पनि भएको पानीजहाजमा हुथीको आक्रमण, ३ नाविकको मृत्यु

१ नेपाली गार्ड पनि भएको पानीजहाजमा हुथीको आक्रमण, ३ नाविकको मृत्यु

नेपालखबर
फागुन २४, २०८० बिहिबार १८:११,

दक्षिणी यमनबाट नजिकै समुद्रमा हुथी लडाकुले एक कार्गो जहाजमा आक्रमण गरेका छन्। सो आक्रमणमा परी तीन जनाको ज्यान गएको बताइएको छ।

मृतक तीन चालकदलका सदस्यमध्ये दुई जना फिलिपिनी नागरिक र एक जना भियतनामी नागरिक रहेको बताइएको छ।

जहाजमा २० चालक दलका सदस्य थिए। जसमा एक भारतीय, चार भियतनामी र १५ फिलिपिनो थिए। जहाजमा तीन जना सशस्त्र सुरक्षाकर्मी थिए। जसमा दुई जना श्रीलंकाका र एक जना नेपालका हुन्।

बुधबारको आक्रमणपछि बार्बाडोसको झण्डा फहाराएको त्यो जहाज छाडेर अन्य सबै चालक दलका सदस्य बाहिरिएका छन्। जहाजमा ठूलो क्षति पुगेको छ।

प्यालेस्टाइनको समर्थन गर्दै हुथीले सो क्षेत्रको जलयातायात अवरुद्ध गर्न थालेको छ। सो समूहले अमेरिकी जहाज भएकाले आक्रमण गरेको बताएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले घटनाको भर्त्सना गरेको छ। अमेरिकी सेनाले यमनभित्र आक्रमण समेत गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .