ग्लोबल


विमान उडाइरहेका दुवै पाइलट एकैचोटि निदाएपछि...

विमान उडाइरहेका दुवै पाइलट एकैचोटि निदाएपछि...

नेपालखबर
फागुन २८, २०८० सोमबार १३:२८,

इन्डोनेसियाको बाटिक एयरका दुवै पाइलट विमान उडाइरहँदा निदाएको घटनामा सरकारले छानबिन सुरु गरेको छ। विमान उडिरहँदा उनीहरु २८ मिनेट निदाएको बताइएको छ।

यी दुवै पुरुष पाइलटलाई निलम्बन गरिएको छ। २५ जनवरीका दिन सुलावेसीबाट राजधानी जकार्तासम्मको उडानमा उनीहरु निदाएका थिएन। 

दुईमध्ये एक पाइलट भर्खरै जन्मिएका आफ्ना जुम्ल्याहा सन्तानको स्याहार गरेर थकित भएको बताइएको छ।

पाइलटहरु निदाएपछि एयरबस ए३२० विमानले केहीबेर आफ्नो बाटो बिराएको थियो। तर, १५३ यात्रु र चालक दलका सदस्य रहेको सो विमान सुरक्षित रुपले अवतरण भएको थियो।

विमान उडेको आधा घण्टापछि ३२ वर्षीय पाइलटले आफू आराम गर्ने भन्दै को–पाइलटलाई विमानको नियन्त्रण लिन भनेका थिए। 

२८ वर्षीय कोपाइलट राजी भएका थिए। 

तर, कोपाइलट पनि केहीछिनमै निदाएको यातायात मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। 

जकर्ता एयर ट्राफिक कन्ट्रोलले सो विमानको ककपिटसँग सम्पर्क कायम गर्ने कोसिस गरेको थियो। तर, त्यसको कुनै जवाफ आएन। 

यो मौनता २८ मिनेटसम्म कायम रह्यो। त्यसपछि प्रमुख पाइलट ब्युँझिए र उनले कोपाइलट पनि निदाएको थाहा पाए। अनि विमानले बाटो छाडिसकेको पनि मेसो पाए।

त्यसपछि उनीहरुले एटीसीसँग सम्पर्क गरेर विमान अवतरण गरेका थिए।

२०१९ मा सो एयरलाइनको पाइलट बेहोस भएपछि विमान आपतकालीन अवतरण गरिएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .