ad ad

ग्लोबल


अदालतले केजरीवाललाई १५ दिनका लागि हिरासतमा पठायो

अदालतले केजरीवाललाई १५ दिनका लागि हिरासतमा पठायो

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८० सोमबार १४:२६, काठमाडौँ

भारतको राजधानी सहरसमेत रहेको दिल्ली प्रान्तीय सरकारको मदिरा नीति घोटाला आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो।

यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए।

ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको दाबी गरेको थियो। 

केजरीवलले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए।

केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।

केजरीवालका वकील रमेश गुप्ताले अदालतसँग जेलमा के ३ वटा किता गीता, रामायण र नीरजा चौधरीको किताब 'हाऊ प्राइम मिनिस्टर्स डिसाइड' दिन माग गरेका छन्।

यसअघि अदालतमा पेशीका क्रममा केजरीवालले सञ्चारमाध्यमसँग मोदीले गलत गरिरहेको बतएका थिए। 

सुनवाइका क्रममा केजरीवालकी पत्नी सुनिता, दिल्लीकी मन्त्री आतिशी, गोपाल राय र सौरभ भारद्वाज पनि अदालतमा उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .