ad ad

ग्लोबल


फिनल्यान्डको स्कुलमा १२ वर्षीय बालकले गोली चलाउँदा १ जनाको मृत्यु, २ घाइते

फिनल्यान्डको स्कुलमा १२ वर्षीय बालकले गोली चलाउँदा १ जनाको मृत्यु, २ घाइते

नेपालखबर
चैत २०, २०८० मंगलबार १८:११,

फिनल्यान्डको एउटा स्कुलमा १२ वर्षीय बालकले गोली चलाउँदा एक बालकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गोली चलाउने बालक त्यसपछि भागेका थिए। उनलाई पछि पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको साथबाट लाइसेन्स भएको पेस्तोल फेला परेको छ।

सो हतियार उनको नातेदारको भएको खुलेको छ। सुरुवाती सोधपुछमा उनले गोली आफूले चलाएको बताएका छन्।

राजधानी हेलसिंकीको बाहिरी हिस्सामा यो घटना भएको थियो। सो स्कुलमा ८ सय विद्यार्थी छन् भने ९० स्टाफ छन्।

मृतक र गोली प्रहार गर्ने दुवै बालक १२ वर्षीय भएको प्रहरीले जनाएको छ। गोली चलाउने बालक ६ कक्षाका विद्यार्थी हुन्।

घटनाप्रति प्रधानमन्त्ती पेत्तेरी ओर्पोले दुःख व्यक्त गरेका छन्। पीडित र आरोपित दुवैको उमेरका कारण यो त्रासदी डरलाग्दो भएको उनको भनाइ छ।

मंगलबार बिहान ९ बजेलगत्तै सो घटना भएको थियो।  एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .