ad ad

ग्लोबल


टर्कीको नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

टर्कीको नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

इस्तानबुलस्थित नाइट क्लब


नेपालखबर
चैत २१, २०८० बुधबार ७:५, काठमाडौँ

टर्कीको इस्तानबुलमा रहेको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ।

इस्तानबुलको एक भवनको तहखानेमा रहेको उक्त क्लब मर्मतकै क्रममा थियो। इस्तानबुलका गभर्नर दावुत गुलले आगलागीका कारण ज्यान गुमाउनेहरू त्यहाँ काम गर्ने व्यक्ति रहेको बताए। 

सञ्चारमाध्यमसँग कुरा गर्दै गभर्नर गुलले आगलागीको कारण अहिलेसम्म पत्ता नलागेको बताए ।

बीबीसीका अनुसार यस विषयमा अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

इस्तानबुलका मेयरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .