ad ad

ग्लोबल


ताइवानमा भूकम्पबाट मृतकको संख्या नौ पुग्यो, घाइते नौ सयभन्दा धेरै

ताइवानमा भूकम्पबाट मृतकको संख्या नौ पुग्यो, घाइते नौ सयभन्दा धेरै

नेपालखबर
चैत २१, २०८० बुधबार १७:५८, काठमाडौँ

ताइवानमा बुधबार बिहान आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

७.४ म्याग्निच्यूडको उक्त भूकम्पलाई २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भनिएको छ। 

अधिकारीहरूका अनुसार यो भूकम्पका कारण भवनसहितका पूर्वाधार भत्किँदा अहिलेसम्म ९ सय ३० जना घाइते भएका छन्। 

अहिले पनि उद्धारकर्मीहरूले भग्नवाशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। यस्तोमा मृतकहरूको संख्या १०० भन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जालमा आएका फोटो र भिडिओहरूमा राजधानी ताइपेईमा कयौँ ठूला भवन हल्लिएर भत्किएको देख्न सकिन्छ।

मौसम विभागका अनुसार भूकम्प पूर्वी ताइवानको हुलिएन शहरमा आएको हो। यसको केन्द्र पृथ्वीको सतहबाट ३४ किलोमिटर तल थियो।

नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर ४५ मिनेटमा भूकम्पको झट्का महसुस भएको थियो। यसक्रममा कयौँ भवन ढलेका छन् भने केही ठाउँमा पहिरो पनि आएको छ।

बीबीसीका अनुसार ताइवानमा अहिलेसम्म १०० भन्दा धेरै परकम्प आइसकेका छन्। ताइवानी केन्द्रीय मौसम ब्युरोका अनुसार यो भूकम्प २५ वर्षयताकै शक्तिशाली हो। 

यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्यूडको भूकम्प आउँदा २ हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .