ad ad

ग्लोबल


ताइवानमा भूकम्प आउँदा यसरी ढले भवन, भयो भागाभाग (भिडिओ)

ताइवानमा भूकम्प आउँदा यसरी ढले भवन, भयो भागाभाग (भिडिओ)

ताइवानमा बुधबार आएको शक्तिशाली भूकम्पले लड्दै गरेको भवन।


नेपालखबर
चैत २१, २०८० बुधबार १९:२६, काठमाडौँ

ताइवानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। जुन ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प मानिएको छ। 

अधिकारीहरूका अनुसार भूकम्पका कारण भवनसहितका पूर्वाधार भत्किँदा अहिलेसम्म ९ सय ३० जना घाइते भएका छन्। 

अहिले पनि उद्धारकर्मीहरूले भग्नवाशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। यस्तोमा मृतकको संख्या  बढ्न सक्ने आकलन गरिएको गरिएको छ।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक फोटो र भिडिओमा राजधानी ताइपेईमा कैयौँ ठूला भवन हल्लिएर भत्किएको देखिन्छन्। केही ठाउँमा पहिरो पनि गएका छन्। 

हेर्नुहोस् भिडिओ-

मौसम विभागका अनुसार भूकम्प पूर्वी ताइवानको हुलिएन सहरमा गएको हो। यसको केन्द्र पृथ्वीको सतहबाट ३४ किलोमिटर तल थियो।

बीबीसीका अनुसार उक्त भूकम्पपछि ताइवानमा अहिलेसम्म १०० भन्दा धेरैपटक परकम्प गइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .