ग्लोबल


इजरायलद्वारा रफाहमा आक्रमण सुरु, शरणार्थीहरूलाई ठाउँ छाड्न आदेश

इजरायलद्वारा रफाहमा आक्रमण सुरु, शरणार्थीहरूलाई ठाउँ छाड्न आदेश

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार ११:२७, काठमाडौँ

इजरायली सेनाले गाजाको रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ।

इजरायली रक्षा बल अर्थात् आईडीएफले रफाहमा हमास लक्षित आक्रमण गरिरहेको बताएको हो। 

रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरमा जान भनिएको छ।

इजरायलले खान युनिसनजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ।

इजरायलले एकातिर रफाहविरुद्ध हमला गरिरहेको छ भने अर्कातर्फ हमासको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ।

इजरायलले हमासले गरेको सम्झौता आफ्ना मागभन्दा धेरै टाढा रहेको बताएको छ।

हमासले स्वीकार गर्ने प्रस्ताव इजिप्ट र कतारले मध्यस्थता गरेका थिए। यद्यपि यस युद्धविराम प्रस्तावका सर्तबारे कुनै जानकारी दिइएको छैन।

यो सम्झौतामा इजरायली बन्दीहरूको रिहाइको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको सरकार र हमासलाई सम्झौतामा सहमत हुन ‘अतिरिक्त प्रयास’ गर्न आग्रह गरेका छन्।

गुटेर्रेसले विज्ञप्ति जारी गर्दै रफाहमा ठूलो मात्रामा कारबाहीका संकेत चिन्ताजनक रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .