ग्लोबल


अमेरिकाले हतियार नदिने भनेपछि इजरायलले भन्यो- हामी एक्लै लड्नेछौँ

अमेरिकाले हतियार नदिने भनेपछि इजरायलले भन्यो- हामी एक्लै लड्नेछौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार ८:३४, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन्।

नेतान्याहुको यो भनाइ यस्तो बेला आएको हो जतिबेला अमेरिकाले इजरायलले रफाहमा आक्रमण गर्ने भए इजरायललाई हतियार आपूर्ति नगरिने चेतावनी दिएको छ।

‘आवश्यक भएमा हामी एक्लै खडा हुनेछौँ’, नेतान्याहुले भने, ‘मैले पहिले भनिसकेको छु, आवश्यक परे अन्तिम साससम्म पनि लड्छौँ।’ 

इजरायलका रक्षामन्त्री योभ गालान्टले भने, ‘मित्र र शत्रुले बुझ्नुपर्छ, यो देश (इजरायल) पछाडि छाड्न सकिँदैन। हामी बलियो छौँ र हाम्रो लक्ष्य हासिल गर्नेछौँ।’ 

अमेरिकाले मानव जीवनमा खतरालाई मध्यनजर गर्दै रफाहमा बमको ढुवानीमा प्रतिबन्ध लगाएको छ।

सोमबार इजरायलले करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गरेको थियो।

इजरायलले हमासविरुद्ध विजय हासिल गर्न रफाहमा आक्रमण गर्ने कुरा दोहोर्याइरहेको छ।

तर अमेरिका र अन्य संगठनले इजरायलले रफाहमा ठूलो कारवाही गरेमा हजारौं मानिसको ज्यान जान सक्ने बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .