भारतीय कांग्रेसका नेता राहुल गान्धीले केरला प्रदेशमा रहेकाे वायनाडको सिट छोडेर उत्तर प्रदेशको रायबरेली रोजेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले छोडेको सिटमा उनकी बहिनी प्रियंका गान्धी उपचुनाव लड्ने भएकी छिन्।
राहुलले वायनाडको सांसद पदबाट राजीनामा दिएपछि कांग्रेसले उक्त क्षेत्रमा उपचुनावको उम्मेदवार प्रियंका बन्ने घोषणा गरेको छ।
हालै सम्पन्न लोकसभा चुनावमा राहुल दुई क्षेत्रबाट निर्वाचित भएका थिए।
उनले दुवै क्षेत्रमा तीन लाख भन्दा बढीको मतान्तरमा जितेका थिए। रायबरेलीमा ६ लाख ८७ हजार ६४९ र वायनाडमा ६ लाख ४७ हजार ४४५ मत प्राप्त गरेका थिए।
उपचुनावमा प्रियंका निर्वाचित भएमा गान्धी परिवारका तीन सदस्य सांसद बन्नेछन्।
राहुलकी आमा सोनिया गान्धी भारतको उपल्लो सदन राज्यसभाकी सदस्य हुन्।
1.7k
Shares
प्रतिक्रिया