भारतको उन्नाव जिल्लामा बुधबार बिहान एउटा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोकिएको हो।
दुर्घटनामा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको छ। साथै २० जना गम्भीर घाइते भएका छन्।
अहिले प्रहरी घटनास्थल पुगेको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।
459
Shares
प्रतिक्रिया