टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खाद्य विषाक्तताका कारण बिरामी परेका छन्।
स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।
मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ। जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
बाइट डान्स कम्पनीले कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
बाइट डान्स कार्यालयमै खाना बन्दैन, बाहिरबाट मगाएर ल्याउने गरिन्छ।
बीबीसीका अनुसार बाइटका प्रवक्ताले आफ्ना कर्मचारीको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको र बिरामी परेकाहरूलाई सहयोग गर्न तत्काल कदम चालिएको बताएका छन्।
उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताए।
36
Shares
प्रतिक्रिया