आफ्ना शीर्ष कमान्डर फुआद सुकरको हत्याबाट आक्रोशित हिजबुल्लाहले बिहीबार राति (स्थानीय समय) इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको छ।
तर, इजरायलमा पाँचवटा रकेट मात्र प्रवेश गर्न सफल भएको थियो।
इजरायल डिफेन्स फोर्सका अनुसार रकेट आक्रमणमा कुनै पनि नागरिकलाई क्षति वा चोटपटक लागेको छैन।
यस्तै इजरायलले पनि दक्षिणी लेबनानको यातारमा हिजबुल्लाहको रकेट लन्चरमा हमला गरेर बदला लिएको छ।
इजरायलको गोलान हाइट्समा रहेको फुटबल मैदानमा हिजबुल्लाहले गरेको आक्रमणमा १२ बालबालिकाको मृत्यु भएको थियो।
त्यसपछि इजरायलले बेरुतमा हिजबुल्लाहका शीर्ष कमान्डर फुआदको हत्या गरेको थियो।
फुआदको हत्यापछि हिजबुल्लाह र इजरायलबीच तनाव बढेको छ।
फुआद मारिएको ४८ घण्टापछि हिजबुल्लाहले इजरायलको पश्चिमी ग्यालिलीमा रकेट प्रहार गरेको हो।
हिजबुल्लाहले लेबनानी गाउँ चामामा इजरायली आक्रमणको जवाफमा मेटजुबाको उत्तरी सीमा समुदायमा दर्जनौँ रकेट प्रहार गरेको दाबी गरेको छ।
चामामा चार सिरियाली मारिएको र धेरै लेबनानी नागरिक घाइते भएको बताइएको छ। एजेन्सी
Shares
प्रतिक्रिया