बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले आमालाई भेट्न र अँगालो हाल्न नपाउँदा एकदमै पीडा भइरहेको दुखेसो गरेकी छन्।
विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि हसिनाले ज्यान जोगाउन यही अगस्ट ५ का दिन प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेकी छन्। अहिले उनी भारतमा छिन्।
सोही कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्षेत्रीय निर्देशकसमेत रहेकी वाजेदले आफ्नी आमा शेख हसिनासँग भेट्न नपाएकी हुन्।
वाजेदले भावुक हुँदै एक्समा लेखेकी छन्, ‘म मेरो देशमा भइरहेको जीवन क्षतिले धेरै दुःखी छु, जसलाई म प्रेम गर्छु। यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नपाउँदा म अत्यन्तै दुःखी छु। म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु।’
1.3k
Shares
प्रतिक्रिया