ad ad

ग्लोबल


केन्याको विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

केन्याको विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १३:५५, काठमाडौँ

मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ।

प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको  शयनगृहमा सल्किएको हो। 

‘घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्‍याइएको छ’, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने। 

प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन। उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन्।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन्। उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ।

‘घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ’, उनले भने। 

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए। 

यो एक निजी बोर्डिङ स्कुल हो, जहाँ ६ देखि १४ वर्षका बालबालिका अध्ययन गर्छन्।

समाचार एजेन्सी एएफपीका अनुसार यहाँ करिब ८०० बालबालिका अध्ययन गर्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .