मलेसियामा प्रहरीले बुधबार आश्रय गृह (सेल्टर होम) बाट ४०२ नाबालिगको उद्धार गरेको छ।
ती आश्रय गृहमा बालबालिका तथा किशोरकिशोरीलाई यौन शोषण हुने गरेको आरोप छ।
पीडितहरूको उमेर १ देखि १७ वर्षको बीचमा छ।
बीबीसीका अनुसार प्रहरीले सेलान्गोर र नेगेरी सेम्बिलन राज्यस्थित यस्ता २० आश्रय गृहमा छापा मारी उनीहरूको उद्धार गरेको हो।
यस मामिलामा १७१ संदिग्धलाई पक्राउ गरिएको छ। जसमा धार्मिक गुरु र हेरचाहकर्ता (केयरटेकर) छन्।
पत्रकारसँग कुरा गर्दै प्रहरी निरीक्षक राजरुद्दिन हुसेनले पीडितलाई विभिन्न किसिमले यातना दिइएको आरोप लागेको बताए।
उनीहरूको यौन शोषण गरिएको छ। यी आश्रय गृहको सम्बन्ध इस्लामिक संगठनसँग जोडिएको बताइएको छ।
अहिलेका लागि पीडितहरूलाई क्वालालम्पुर प्रहरी केन्द्रमा राखिनेछ र स्वास्थ्य परीक्षण गरिनेछ।
Shares
प्रतिक्रिया