दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक गरिएको छ।
आम आदमी पार्टीकी सांसद आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुने भएकी हुन्।
दिल्ली सरकारका मन्त्री गोपाल राईले मुख्यमन्त्रीका लागि अतिशीको नाम घोषणा गरेका हुन्।
अब वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले साँझ दिल्लीका उपराज्यपाललाई भेटेर आफ्नो राजीनामा बुझाउनेछन्।
उनले राजीनमा दिने भएका कारण आज बिहान बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई दलको नेतामा चुन्दै नयाँ मुख्यमन्त्रीका लागि नाम अनुमोदन गरेको हो।
यसैबीच उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले केजरीवालको कदमको आलचोना गरेकी छन्।
मायावतीले एक्समा लेखेकी छन्, ‘दिल्लीको मुख्यमन्त्री पदबाट अरविन्द केजरीवालको राजीनामा दिल्लीको मुख्यमन्त्री पदबाट अरविन्द केजरीवालको राजीनामा वास्तवमा जनहित वा जनहितबाट टाढा रहेको उनको चुनावी र राजनीतिक चाल हो।’
मायावतीले भनिन्, ‘दिल्लीका जनताले उनी लामो समय जेल बस्दा भोग्नुपरेका अनगिन्ती असुविधा र समस्याबारे के भन्नुहुन्छ? यसको हिसाब कसले दिने?’
Shares
प्रतिक्रिया