अरविन्द केजरीवालले मंगलबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
केजरीवालले लेफ्टिनेन्ट गभर्नर (उपराज्यपाल) विनय कुमार सक्सेनालाई राजीनामा बुझाएका छन्। आम आदमी पार्टीका नेता गोपाल रायले सो जानकारी दिएका हुन्।
गोपाल रायले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’
उनले थपे, ‘(आम आदमी पार्टीको) विधायक दलकी नेता आतिशीले जतिसक्दो चाँडो सरकार गठन गर्ने दाबी पेस गरेकी छन्। उपराज्यपाललाई सकेसम्म चाँडो शपथ ग्रहणको मिति सुनिश्चित गर्न अनुरोध गरिएको छ।’
63
Shares
प्रतिक्रिया