ad ad

ग्लोबल


गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष

गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ५, २०८१ शनिबार २१:५६, काठमाडौँ

भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैयाँ लिनु छ, तर तिनले अहिलेसम्म दिएका छैनन्। जसले गर्दा उक्त परिवार आर्थिक संकटमा परेको छ। 

सोही कारण गुन्डावाडी क्षेत्रमा बसोबास गर्ने अडेसरा परिवारका ९ जनाले शुक्रबार राति विष खाएर आत्महत्या गर्ने प्रयास गरेको एक प्रहरी अधिकृतले शनिबार जानकारी दिए। 

भक्तिनगर प्रहरी चौकीका इन्स्पेक्टर मयुरध्वज सर्वैयाका अनुसार अडेसरा परिवारले गत वर्ष मुम्बईका दुई व्यवसायीलाई करिब २ करोड रुपैयाँ बराबरको ३ किलो सुनका गहना बेचेको थियो।

जसको पैसा ती व्यापारीले अहिलेसम्म तिरेका छैनन्। यस्तो अवस्थामा उनीहरूको ठगीबाट त्रसित आडेसरा परिवारले आत्महत्या प्रयास गरेका हुन्।

तर विष पिइसकेछि उनीहरू आफैँले एम्बुलेन्स बोलाए, त्यसपछि उनीहरूलाई अस्पताल लगियो। अहिले सबै जनाको अवस्था स्थिर रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .