ad ad

ग्लोबल


भारी वर्षाले मुम्बई जलमग्न, रोकिए रेल, १४ उडान ‘डाइभर्ट’

भारी वर्षाले मुम्बई जलमग्न, रोकिए रेल, १४ उडान ‘डाइभर्ट’

नेपालखबर
असोज १०, २०८१ बिहिबार १०:१६, काठमाडौँ

भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ।

भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्। 

धेरै उपनगरीय क्षेत्र पनि डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ। 

जसका कारण स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने कम्तीमा १४ उडान डाइभर्ट गरिएको छ। 

भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले आज (बिहीबार) सबै विद्यालय र कलेजमा बिदा दिएको छ।

मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।

अविरल वर्षाका कारण बुधबार थानेको मुम्ब्रा नजिकै राति साढे ९ बजे पहिरो गएको थियो। जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो।

भारतीय मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने सम्भावना छ।

जलमग्न मुम्बईका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .