ad ad

ग्लोबल


सिगेरु इसिबा जापानको सत्तारुढ दलको नेता चुनिए, अर्को साता प्रधानमन्त्री बन्ने

सिगेरु इसिबा जापानको सत्तारुढ दलको नेता चुनिए, अर्को साता प्रधानमन्त्री बन्ने

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १५:१७,

जापानमा अब सिगेरु इसिबा प्रधानमन्त्री बन्ने भएका छन्। सत्तारुढ दलले उनलाई नेता चुनेको हो।

अर्को साता उनले प्रधानमन्त्रीको शपथ लिनेछन्।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेता बन्न नौजना उम्मेदवार अघि सरेका थिए। प्रधानमन्त्री फुमियो किसिदाले गत महिना अर्को कार्यकालका लागि नउठ्ने घोषणा गरेका थिए।

दोस्रो विश्वयुद्धयता अधिकांश समय जापानमा सरकार चलाएको सो पार्टीको संसदमा बहुमत छ। आन्तरिक द्वन्द्व र एकपछि अर्को विवादका कारण सो पार्टी अहिले कठिनाइमा छ।

यो ६७ वर्षीय इसिबाको दलको नेता बन्ने पाँचौँ प्रयास थियो। पार्टीको आन्तरिक मतदानपछि उनलाई नेता घोषणा गरिएको हो। 

दोस्रो चरणमा इसिबाको प्रतिस्पर्धा सानाय ताकाइचीसँग थियो। जो जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा थिइन्।

तर, इसिबाभन्दा ताकाइची ज्यादा परम्परागत नीतिको पक्षमा छिन्। इसिबाले जापानमा महिलालाई राज सिंहासन दिनुपर्ने अडान राख्दै आएकी छन्। 

तर, ताकाइची महिलालाई त्यो भूमिका दिनु नहुने र उनीहरुले परम्परागत रुपमा आमा र पत्नीको भूमिका खेल्नुपर्ने बताउँदै आएकी छन्।

इसिबाले विगतमा कृषि र रक्षा मन्त्रालय सम्हालिसकेका छन्।

जापानमा अक्टोबर २०२५ सम्ममा आम चुनाव हुनेछ। 

आर्थिक मन्दी, महँगी, बुढो हुँदै र घट्दै गएको जनसंख्याजस्ता एजेन्डा प्रमुख छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .