ad ad

ग्लोबल


नेपालमा बाढी र पहिरोको विपत्तिपछि भारतको विहारमा डुबान

नेपालमा बाढी र पहिरोको विपत्तिपछि भारतको विहारमा डुबान

नेपालखबर
असोज १३, २०८१ आइतबार १२:५८, काठमाडौँ

नेपालमा ठूलो जनधनको क्षति हुने गरी भएको बाढी र पहिरोको विपत्तिपछि अब भारतीय राज्य विहारमा डुबान सुरु भएको छ। 

भारतीय सञ्चार माध्यमका अनुसार बिहान ५ बजे कोशी ब्यारेजमा पानीको सतह ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पुगेको छ जुन १९६८ पछिकै सर्वाधिक हो। 

विहारका विभिन्न राज्यमा बाँध टुटेको जागरणले उल्लेख गरेको छ। मानिसहरुको घरदेखि अन्नबाली लगाएका खेत डुबानमा परेको बताइएको छ। 

नेपालमा परेको घनघोर वर्षातको असर भारतीय रेलवे सेवामा समेत देखिएको छ। भारतको जोगबनी सीमानजिक नेपालमा भएको भारी वर्षातको पानी जोगबनीको टिकुलिया बस्तीमा शनिबार राति पस्न सुरु गरेको थियो। अहिले रेलवे ट्राकमै पानी जमेको छ। 

योसँगै जोगबनीबाट खुल्ने सबै रेलसेवा बन्द भएका छन्। जोगबनीमा अन्तिम रेलवे स्टेसन रहेको छ। 

नेपालमा वर्षात कम भएसँगै कोसी र अन्य नदीको जलक्षेत्र भने कम हुँदै गएको बताइएको छ। बिहान ९ बजेसम्म कोसी ब्यारेजबाट ६.२८ लाख र १० बजे ६.१२ लाख क्युसेक पानी छोडिएको छ। 

कोसी ब्यारेजनजिकै नेपालको वराह क्षेत्रमा बिहान ९ बजे २.९० लाख क्युसेक पानी रेकर्ड भएको बताइएको छ। कोसी ब्यारेजबाट निस्केको पानीले कोसी तटबन्धभित्र करिब ३०० गाउँमा बाढी पसेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .