ग्लोबल


पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

घटनास्थल


नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १६:५९, काठमाडौँ

मंगलबार पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ।

बीबीसी हिन्दीका अनुसार घटनामा कम्तीमा १२ जना घाइते भएका छन्।

इस्लामाबादका प्रहरी महानिरीक्षक अली नासिर रिजवीले ग्यास चुहावटका कारण विस्फोट भएको बताए।

उनले भने, 'सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान १०:५५ बजे ग्यास विस्फोट भएको हो। घटनामा बाह्र जना घाइते भएका छन्।'

नासिर रिजवीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

इस्लामाबादका महानिरीक्षकका अनुसार सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिन र चिया पसलबाट तीन दिनदेखि ग्यास चुहावटको गुनासो आइरहेको थियो।

नासिर रिजवीले भने, 'विस्फोटको समयमा क्यान्टिनमा एक एसी प्राविधिक काम गरिरहेका थिए र उनी सबैभन्दा बढी घाइते भएका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad