ग्लोबल


अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चेनीको निधन

अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चेनीको निधन

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १८:१५, काठमाडौँ

अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ।

निमोनिया र मुटु र रक्तनली समस्याका कारण सोमबार राति निधन भएको उनको परिवारले जानकारी दिएको छ।

डिक चेनी २००१ देखि २००९ सम्म रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुस राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए।

चेनीले १९७० को दशकमा पूर्वराष्ट्रपति जेराल्ड फोर्डको ह्वाइट हाउस चिफ अफ स्टाफका रूपमा सेवा गरेका थिए। त्यसपछि उनले अमेरिकी प्रतिनिधि सभामा एक दशक बिताए।

पछिल्ला वर्ष चेनी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रिपब्लिकन पार्टीको तीव्र आलोचना गरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad