ग्लोबल


सुडानमा अन्त्येष्टिका बेला ड्रोन आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

सुडानमा अन्त्येष्टिका बेला ड्रोन आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार २०:२३, काठमाडौँ

सुडानको सैन्य नियन्त्रित सहर अल-ओबेदनजिकै अन्तिम संस्कारमा ड्रोन आक्रमण गरिँदा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

बीबीसीका अनुसार आक्रमण अल-लुवैब गाउँमा मानिसहरू पालमा शोक समारोहका लागि भेला भइरहेका बेला भएको हो।

अधिकारीहरूले आक्रमणको दोष अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई लगाएका छन्। आरएसएफले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

अल-ओबेदमा अस्पताल पुग्नुअघि धेरै मानिसहरूको मृत्यु भयो। यो सहर राजधानी खार्तुम र डार्फर क्षेत्र जोड्न एक प्रमुख क्षेत्र हो। 

महत्त्वपूर्ण तेल भण्डार भएको कोर्डोफान क्षेत्रमा लडाइँ बढेको छ। आरएसएफले बारा सहर कब्जा गरेपछि गत हप्ता लगभग २० हाजर मानिस भागेर एल-ओबेद गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad