ग्लोबल


ट्रम्प भेट्न सिरियाका राष्ट्रपति अमेरिकामा

ट्रम्प भेट्न सिरियाका राष्ट्रपति अमेरिकामा

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ११:५१, काठमाडौँ

सिरियाका राष्ट्रपति अहमद अल-सारा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भेट्न ह्वाइट हाउस पुगेका छन्।

अहमद अल-सारा पहिले इस्लामिक अतिवादी समूहका नेता थिए र अमेरिकाले उनका विषयमा जानकारी दिनेलाई १० मिलियन डलरको इनाम घोषणा गरेको थियो।

अहमद अल-साराको नेतृत्वमा सिरियाले आईएसआईएसविरुद्धको लडाइँमा अमेरिकालाई सहयोग गर्ने विश्वास गरिएको छ।

सोमबारको बैठकमा सिरिया र अमेरिकाका राष्ट्रपतिहरूले सिरियाको पुनर्निर्माणबारे पनि छलफल गर्नेछन्।

अहमद अल-सारा अमेरिका पुग्नुअघि सिरियाली गृह मन्त्रालयले इस्लामिक स्टेट (आईएसआईएस) विरुद्ध आक्रमण गर्ने घोषणा गरेेको बीबीसीले उल्लेख गरेको छ।

सिरियाली गृह मन्त्रालयका अनुसार, सेनाले देशभरका धेरै प्रान्तमा आईएसआईएसविरुद्ध निसाना बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad