भारतीय राज्य गोवाको प्रसिद्ध नाइटक्लब ‘बर्च बाई रोमियो लेनमा’ शनिबार मध्यराति सिलिन्डर विस्फोट भएर आगलागी हुँदा २५ जनाको मृत्यु भयो भने ६ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमा क्लबका १४ कर्मचारी छन् भने ४ पर्यटक छन्। ७ जनाको पहिचान हुन सकेको छैन। घटना अनुसन्धानका क्रममा गोवा प्रहरीले क्लबका प्रबन्धकसहित ४ जनालाई पक्राउ गरेको छ।
यसैबीच नाइटक्लबका आगलागी हुने बेलाको एउटा भिडिओ अहिले भाइरल भइरहेको छ।
क्लबभित्र लगभग १०० जना पर्यटक ‘बलिउड ब्याङ्गर नाइट’को मजा लिइरहेका थिए।
भिडिओमा एक नर्तकी स्टेजमा नाचिरहेकी छन्। दर्शक झुमिरहेका छन्। यहीबीच अचानक आगो लागेको देखिन्छ। आगो फैलिएपछि आतंकित मानिसहरू बाहिर भाग्न थालेका छन्।
आगो माथिल्लो डेकमा फैलिएपछि संगीतकार र कर्मचारीहरू आफ्नो स्थान छाडेर भागे। केही पर्यटक भाग्न सफल भए, तर धेरैजना तलको भान्छामा भागे र त्यहीँ फसे। धेरै जनाको निसासिएर मृत्यु भयो।
— Kamit Solanki (@KamitSolanki) December 7, 2025A video is going viral from the time the fire broke out at a club in Goa... in which sparks of fire can be seen falling from the ceiling.#GoaNightClubFire pic.twitter.com/0XzYntgYfU
Shares

प्रतिक्रिया