ad ad

ग्लोबल


न्युयोर्कमा सञ्चालनमा आयो पुष्पा बुटिक

न्युयोर्कमा सञ्चालनमा आयो पुष्पा बुटिक

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ७:१३,

प्रवासमा दिनानुदिन युवा व्यवसायीहरुले आफ्नो व्यापारिक कौशल देखाइरहेका छन्। सोही क्रममा अमेरिकी सहर न्युयोर्कमा नेपाली व्यवसायीले पुष्पा बुटिक सञ्चालनमा ल्याएका छन्।

बडादशैँको अवसर पारेर पुष्पा बुटिक न्युयोर्कमा अनलाइनमार्फत सुरु गरिएको हो।

दशैँ र तिहारमा विशेष छुटको साथ हिरा, मोती, सुनदेखि फरिया, चोली, टीका, सिन्दुर समेत बुटिकमा उपलब्ध छ।

नेपाली, इन्डियन र अमेरिकन ब्रान्डका गरगहनाहरु र लुगाहरु समेत उपलब्ध छ। नेपाली मौलिक भेषभूषाहरुलाई विश्व बजारमा चिनाउने मुख्य उद्देश्यले पुष्पा बुटिक खोलेको सञ्चालिका अनु खड्काले बताइन्।

कतिपय लुगा र गरगहनाहरु फोनबाट सम्पर्क गरी होम डेलिभरीको समेत व्यवस्था रहेको उनले बताइन्। नेपालीहरुको विवाहमा समेत विशेष प्याकेजको व्यवस्था गरिएको उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .