ad ad

ग्लोबल


टिस्टामा वाहन खस्दा ५ जना बेपत्ता

टिस्टामा वाहन खस्दा ५ जना बेपत्ता

शैलेन्द्र समदर्शी
माघ १९, २०७७ सोमबार १३:४८,

सिक्किम र कालेबुङको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग १०–बाट डब्ल्यूबी ०२ वाई ८५६५ नम्बरको मारुती अल्टो गाड़ी सोझै टिस्टा नदीमा खस्दा ५ जना बेपत्ता बनेका छन्।

प्रहरीले टिस्टा–रङ्गीत उद्धार केन्द्रको टोलीको सहयोगमा आज दिनभरि खोजी कार्य चलाएपनि बेपत्ता बनेकाहरूको कुनै पत्तो पाउन सकिएन।

अब फेरि भोलि बिहानैदेखि खोजीकार्य गर्ने बताइएको छ।

बेपत्ता बनेका पाँचैजना कालेबुङ जिल्लाअन्तर्गत् गोरुबथानको अम्बियोकवस्ती निवासी हुन्, जसमध्ये तीनजना बालकबालिका रहेको बताइएको छ।

कालेबुङका प्रहरीका अनुसार यो घटना हिजो राति करिब १० बजे भएको हो।

दार्जिलिङ र कालेबुङ जिल्लाको मध्यमा रहेको टिस्टा–रङ्गीतको सङ्गम स्थल त्रिवेणीबाट पिकनिक खाएर अम्बियोक घर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरूमा अशोक राई (चालक), उत्तम राई, अनिशा राई, प्रयास शाह र देशकुमार राई रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .