ग्लोबल


राष्ट्रपतिको उम्मेदवार बन्न डोनाल्ड ट्रम्पको ठूलो जित

राष्ट्रपतिको उम्मेदवार बन्न डोनाल्ड ट्रम्पको ठूलो जित

नेपालखबर
फागुन १३, २०८० आइतबार १३:३७, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा त्यहाँ हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीको उम्मेदवारी प्राप्त गर्न महत्त्वपूर्ण जित हासिल गरेका छन्।

अमेरिकी मिडियाका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले साउथ क्यारोलिनामा भएको रिपब्लिकन पार्टीको प्राइमरी चुनावमा आफ्ना अन्तिम प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएका हुन्।

निक्की हेली दक्षिण क्यारोलिनाको गभर्नर भइसकेकी नेता हुन्। 

निक्की हेलीले यो जितमा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै चुनावी अभियान जारी राख्ने घोषणा गरेकी छन्।

अमेरिकामा बीबीसी सम्बद्ध सीबीएस न्युजले एक्जिट पोलको नतिजा संकलन गरेको छ, जसमा जनसंख्याका प्रत्येक समूहले हेलीलाई भन्दा ट्रम्पलाई बढी मत दिएका छन्। ट्रम्पले हरेक उमेरका पुरुष र महिला दुवैबाट बढी मत प्राप्त गरेका छन्।

ट्रम्पले लगातार चौथो राज्यमा विजय प्राप्त गरेका हुन्। यसले रिपब्लिकन पार्टीको गढ मानिने क्षेत्रमा ट्रम्पलाई राम्रो समर्थन मिलिरहेको देखाउँछ।

यो जितसँगै आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा फेरि एकपटक डोनाल्ड ट्रम्प र जो बाइडेनबीच प्रतिस्पर्धा हुने लगभग पक्का भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .