ad ad

ग्लोबल


हिरासतमा केजरीवालको तौल साढे ४ किलो घटिसक्यो, केही भयो भने भाजपालाई भगवान्‌ले पनि माफ गर्दैनन्: आतिशी

हिरासतमा केजरीवालको तौल साढे ४ किलो घटिसक्यो, केही भयो भने भाजपालाई भगवान्‌ले पनि माफ गर्दैनन्: आतिशी

नेपालखबर
चैत २१, २०८० बुधबार १४:६, काठमाडौँ

दिल्ली सरकारका मन्त्री तथा आम आदमी पार्टीका नेता आतिशीले हिरासतमा रहेका मुख्यमन्त्री अरविन्द केजरीवालको स्वास्थ्य जोखिममा परेको बताएका छन्। उनले केजरीवालको ४.५ किलो तौल घटिसकेको दाबी गरेका छन्। 

आतिशीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अरविन्द केजरीवाललाई मधुमेह छ। स्वास्थ्यमा समस्या भए पनि उहाँ २४सै घण्टा देशको सेवामा लागिरहुनभएको थियो।’ 

‘पक्राउ परेपछि अरविन्द केजरीवालको तौल ४.५ किलोले घटेको छ। यो धेरै चिन्ताजनक छ। भाजपाले हिरासतमा राखेर उहाँको स्वास्थ्य जोखिममा पारेको छ’, उनले लेखेका छन्, ‘अरविन्द केजरीवाललाई केही भयो भने पूरा देश त के, भगवान्‌ले पनि माफ गर्नुहुन्न।’

मुख्यमन्त्री केजरीवाल मदिरा नीतिसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन्।

उनको गिरफ्तारीलाई चुनौती दिने याचिकामा बुधबार उच्च अदालतमा सुनुवाइ हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .