ad ad

ग्लोबल


पतञ्जलिको भ्रामक विज्ञापन मुद्दामा रामदेव सर्वोच्च अदालतमा हाजिर

पतञ्जलिको भ्रामक विज्ञापन मुद्दामा रामदेव सर्वोच्च अदालतमा हाजिर

फाइल फाेटाे


नेपालखबर
चैत २०, २०८० मंगलबार २०:२, काठमाडौँ

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएका छन्। 

सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन चेतावनी दिएको छ। 

पतञ्जलि आयुर्वेदको "भ्रामक विज्ञापन"सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई हप्काएको छ।

पतञ्जलिले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो। 

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताए।

रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ।’

फेब्रुअरी २७ मा सर्वोच्च अदालतले पतञ्जलिलाई विद्युतीय र छापा माध्यमबाट आफ्ना औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो।

सर्वोच्च अदालतले यस विषयमा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको आलोचना गरेको छ।

अदालतले भन्यो, "यो दुर्भाग्यपूर्ण छ, सरकारले तत्काल केही कदम चाल्नुपर्छ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .