भारतीय राज्य महाराष्ट्रको सम्भाजीनगर क्यान्टोन्मेन्ट क्षेत्रस्थित एक कपडा पसलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।
औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले समाचार एजेन्सी एएनआईलाई छत्रपति सम्भाजीनगरको क्यान्टोन्मेन्ट क्षेत्रमा बिहान ४ बजे कपडा पसलमा आगलागी भएको जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार सात जनाको निसासिएर मृत्यु भएको हो। आगलागीको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ।
बीबीसी हिन्दीका अनुसार औरंगाबादका पुलिस कमिश्नर मनोज लोहियाले भने, ‘छत्रपति सम्भाजीनगरको एक कपडा पसलमा बिहान ४ बजे आगलागी भएको थियो। आगो दोस्रो तलासम्म पुग्न नसके पनि धुवाँका कारण निसासिएर सात जनाको मृत्यु भएको छ।’
33
Shares
प्रतिक्रिया