ग्लोबल


साउदीले हजयात्रामा गर्‍यो कडाइ, अढाई लाख जरिवानादेखि प्रतिबन्धसम्म

साउदीले हजयात्रामा गर्‍यो कडाइ, अढाई लाख जरिवानादेखि प्रतिबन्धसम्म

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ८:३९, काठमाडौँ

साउदी अरेबियाले आगामी जुन २ मा सुरु हुने हजयात्राका विषयमा चेतावनी जारी गरेको छ। 

साउदीको गृह मन्त्रालयले हजयात्राका क्रममा तोकिएका र निर्देशिका उल्लंघन गर्नेलाई अढाई लाख रुपैयाँभन्दा बढी जरिवाना लाग्ने चेतावनी दिएको हो। 

यसैगरी अनुमतिबिना हजयात्रा गर्नु गैरकानुनी मानिने र त्यसरी हजयात्रा गर्नेलाई स्वदेश फिर्ता पठाइने साउदीको गृह मन्त्रालयले जनाएको छ। 

नियम उल्लंघन गरेमा गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्धसमेत लगाइने बताइएको छ। 

सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको साउदी गृह मन्त्रालयले जनाएको छ।

यस्तै पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने साउदीले जनाएको छ। यो निर्णय जुन २ देखि जुन २० सम्म लागु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .