ad ad

कर्णाली


बसको ठक्करबाट महिलाको मृत्यु : सुर्खेतमा बिहानैदेखि आफन्तद्वारा आन्दोलन, सवारी ठप्प

बसको ठक्करबाट महिलाको मृत्यु : सुर्खेतमा बिहानैदेखि आफन्तद्वारा आन्दोलन, सवारी ठप्प

दिनेश बुढा
फागुन १, २०७९ सोमबार ७:४५, सुर्खेत

वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन सुरु गरेका छन्। 

छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन्।

उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।

यसअघि आफन्तहरूले आइतबार राति ९ बजेसम्म यी चोकहरूमा टायर बालेर आन्दोलनमा उत्रिएका थिए। आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन्। 

आइतबार दिउँसो साढे २ बजेको समयमा बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिएको थियो। बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा महिलालाई ठक्कर दिएको थियो। 

घाइते महिलालाई प्रहरीले तत्काल उद्वार गरि उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लैजाने क्रममा मृत्युु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .