ad ad

कर्णाली


एमालेका कारण गठबन्धन टुट्दैन, प्रचण्ड अस्थिर भए : योगेश भट्टराई

गठबन्धन टुटाउने विजनेश एमालेले नगर्ने दाबी
एमालेका कारण गठबन्धन टुट्दैन, प्रचण्ड अस्थिर भए : योगेश भट्टराई

दिनेश बुढा
फागुन ९, २०७९ मंगलबार १०:२१, सुर्खेत

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने बताएका छन्। मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। 

‘हाम्रो(एमाले) कारण कुनै हालतमा गठबन्धन टुट्दैन्, यो विजनेस एमालेले गर्दैन्। तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ।’ भट्टराईले भने।

साथै, सत्ता गठबन्धन टुटाउन एमालेले कुनै विजनेस नगर्ने पनि उनले दाबी गरे। 

‘अस्थिर राजनीतीले हामी कसैलाई फाईदा हुँदैन्।’ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भट्टराईले भने।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनसँग सम्बन्धित रहेर भट्टराईलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।

जवाफमा उनले भने, ‘कुनै गन्तव्यमा पुग्नका लागि स्थायित्व हुनुपर्ने हो। उहाँमा त्यो स्थिर देखिदैन्। माओवादी अब ठूलो पार्टी पनि बन्न सक्दैन। उहाँले यो गठबन्धन टुटाउनु भयो भने चरम अवसरवादी हुनुहुनेछ।’ 

यस्तै, भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रुपमा पनि नमिल्ने बताए।

‘उहाँलाई कांग्रेसले बाटोमा फालेको थियो, हामीले उद्वार गरेका हौँ,’ उनले भने, ‘त्यसपछि सिंहदरबारमा पुर्यौं। हामी कसैलाई साथ दिन तयार भएर बसेका थियौं। उहाँ हामीलाई खोज्दै आउनुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .