ad ad

कर्णाली


कर्णालीका तीन जिल्लामा तीन शव फेला

कर्णालीका तीन जिल्लामा तीन शव फेला

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १८:१४, सुर्खेत

कर्णालीका विभिन्न जिल्लामा गरि तीन जनाको शव फेला परेको छ। तीन वटा जिल्ला सुर्खेत, हुम्ला र रुकुम पश्चिममा गरि विभिन्न मितीमा तीन जनाको शव फेला परेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको लेकबेशी नगरपालिका–६ स्थित भेरी नदीको किनारमा एक महिलाको शव फेला छ। 

महिलाको शव देखेपछि स्थानीयले प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी गराएका थिए। 

उक्त चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव  नदीबाट निकालेको थियो। उक्त शव भेरीगंगा नगरपालिका–४ बाहुने चौर बस्ने ७२ वर्षीय जैसरा भाट खत्री रहेको मृतकका छोरा जीतबहादुर खत्रीले घटनास्थलमा गई सनाखत गरेको प्रहरीले जनाएको छ।

यस्तै, हुम्लाको सर्केगार्ड गाउँपालिका–२ उनापानीस्थित कर्णाली नदीको किनारमा पुरुषको शव फेला परेको छ। कर्णाली नदीको किनारामा शव देखेपछि खार्पुनाथ गाउँपालिका–४ नल्ला २८ वर्षीय सुरेन्द्र शाहीले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीका अनुसार उनको पहिचान खुल्न सेकेको छैन्। 

यस्तै, अर्को शव रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ गोरे भिरमा फेला परेको छ।

पहिचान नखुलेको अन्दाजी ४०र४२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .