ad ad

कर्णाली


दैलेखमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

दैलेखमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

नेपालखबर
जेठ ११, २०८० बिहिबार १६:२१, सुर्खेत

दैलेखका यौन व्यवसाय सञ्चालन गरेको आरोप दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले सदरमुकामस्थित होटल सञ्चालन गरिरहेका दुईजना सञ्चालकलाई पक्राउ गरेको हो।

दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार प्रकाउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेका छन्।

नारायण नगरपालिका–८ ढकाने घर भएका  न्यौपानेले आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मंगलबार होटलबाटै उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै, आरती होटलका सञ्चालक कटुवालले पनि आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको सूचनाका आधारमा उनलाई बुधबार पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी दिए। 

उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको प्रहरीको भनाई रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .