कर्णाली


जाजरकोट भूकम्प : तिहारपछि पुनर्निर्माण अघि बढाउने कर्णाली प्रदेश सरकारको निर्णय

जाजरकोट भूकम्प : तिहारपछि पुनर्निर्माण अघि बढाउने कर्णाली प्रदेश सरकारको निर्णय

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०८० शनिबार १९:३५, काठमाडौँ

कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ। 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग  अपिल गरेको छ। 

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।

कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उनले दिए।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख रकम र घाइतेहरूको उपचारका लागि रकक तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .