कर्णाली


हिमपातले कर्णालीको जनजीवन कष्टकर, हेर्नुहोस् १३ तस्बिर

हिमपातले कर्णालीको जनजीवन कष्टकर, हेर्नुहोस् १३ तस्बिर

दिनेश बुढा
माघ १८, २०८० बिहिबार १०:४९, सुर्खेत

कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ। 

प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। 

हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ। गत वर्ष पनि हिउँदका बेला पहिलोपटक माघ ६ गतेदेखि ९ गतेसम्म वर्षासँगै हिमपात भएको थियो। 

यस वर्ष ढिलागरी वर्षा भएको मौसमविद्को भनाइ छ। 

हिमपातभएसँगै कर्णालीका हिमाली जिल्लामा चिसो अत्यधिक भएको छ। 

बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिनसमेत समस्या भएको छ।

 यसैबीच हिमपातले कोदो, चिनु, फापरलगायत कात्तिके बालीनाली सप्रिने आशा किसानले गरेका छन्। 

जुम्ला, मुगु र हुम्लाका विभिन्न स्थानमा भएको हिमपातका तस्बिर-


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .