उदयपुर जिल्लाको बेलका नगरपालिका-८ डुम्री बोटे लाहुरेखोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको छ।
२०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो।
अहिले पुन: सोही धारबाट नदी बग्दा नदीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।
अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ।
अरुलाई सार्ने काम भइरहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए।
बेलकामा मात्रै नदी पश्चिम तर्फ सोझिँदा २० हजार नागरिक प्रभावित हुने उनले बताए।
नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।
प्रतिक्रिया