प्रदेश नम्बर १ मा ‘स्वतन्त्र उम्मेदवारी संयोजन समिति’ गठन भएको छ। अग्रज राजनीतिकर्मी युक्त प्रसाद भेटवालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो।
स्वतन्त्र उम्मेदवारी अभियानद्वारा सांस्कृतिक केन्द्र इटहरी मेट्रिक्समा बुधबार आयोजित स्वतन्त्र उम्मेदवार र अभियानकर्मीहरुको भेला सम्पन्न भएको थियो।
सोही भेलाले समिति गठन गरेको हो। भेलामा अभियानका संयोजक डम्बर साहु, संस्थापक अभियन्ता अनिरुद्ध तिम्सिना, युक्त भेटवाल, समाजसेवी हेम प्रसाद घिमिरे, बिक्रम श्री, पदम अधिकारी, कमल बाबू मैनाली लगायतको उपस्थिति थियो।
साथै झापा, मोरङ, धनकुटा र सुनसरीका प्रतिनिधिहरू पनि भेलामा सहभागी थिए।
भेलाले राम्रा उम्मेदवारहरु भएको खण्डमा जुनसुकै पार्टीबाट जुनसुकै चिन्हबाट उठे पनि मद्दत गर्ने निर्णय गरेको छ। टेस्टेड बाहेककालाई लौरो चुनाव चिन्हबाट उम्मदेवार बनाउनेगरी भेलामा छलफल भएको छ।
गत स्थानीय तह निर्वाचनयता स्वतन्त्रको माहोल बढ्दै गएको छ। देशभर स्वतन्त्र अभियानका मुभमेन्टहरू संचालन भएका छन्।
गत १६ भदौमा सुमन सायमी नेतृत्वमा ‘वैकल्पिक तथा स्वतन्त्रहरुको लौरो अभियान’ घोषणा भएको थियो। लौरो चुनाव चिन्हमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।
प्रतिक्रिया