कोशी


कोशीको मुख्यमन्त्री नियुक्ति भोलिमात्रै, प्रदेश प्रमुखले सांसदको सनाखत गराउने

कोशीको मुख्यमन्त्री नियुक्ति भोलिमात्रै, प्रदेश प्रमुखले सांसदको सनाखत गराउने

नेपालखबर
असोज २६, २०८० शुक्रबार १८:२०, काठमाडौँ

कोशी प्रदेशको मुख्मयन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले दुर्व पक्षका सांसदहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन्।

नेकपा एमालेका सांसद पाँचकर्ण राईका अनुसार प्रदेश प्रमुखले भोलि मात्रै नियुक्ति गर्ने र आज केहीबेरमा विज्ञप्ति जारी गर्दैछन्।

प्रदेश प्रमुखले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ को उपधारा ५ बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए। 

प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित हुन आग्रह गरेका हुन्। 

सो समयसीमामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्। 

उनीहरू दुवैले आफ्ना ४७–४७ जना सांसद पक्षमा रहेका दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .