कोशी


पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास, तर आफू बाँचिन्, छोरी मरिन्

पति परस्त्रीसँग लागेको पीरमा आत्मदाह प्रयास, तर आफू बाँचिन्, छोरी मरिन्

नेपालखबर
फागुन ५, २०८० शनिबार १३:५९, काठमाडौँ

झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले ५ वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्न खोज्दा छोरीको मृत्यु भएको छ। आमा भने गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८:३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन्।

घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो। 

आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए।

मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थलनजिकै उनको ‘सुसाइड नोट’ फेला परेको उनले बताए।

उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ।

प्रहरीले ज्याला मजदुरी गर्ने मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले बताए।

पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाह प्रयास गरेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .