कोशी


मोरङको पथरीमा किशोरीको हत्या, २४ घण्टाभित्रै जंगलबाट समातिए आरोपी

मोरङको पथरीमा किशोरीको हत्या, २४ घण्टाभित्रै जंगलबाट समातिए आरोपी

नेपालखबर
फागुन २२, २०८० मंगलबार १७:१५, काठमाडौँ

मोरङको पथरीमा धारिलो हतियार प्रयोग गरी भएको किशोरीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। 

उक्त घटनाको २४ घण्टा नबित्दै पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ निवासी ३८ वर्षीय धीरेन चौधरी छन्। 

प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको टोलीले घटनाको भोलिपल्टै चौधरीलाई बेलबारीस्थित भाउन्नेकाे जंगलबाट पक्राउ गरेकाे हाे। 

उनलाई मंगलबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ। 

सोमबार राति करिब १० बजे पथरीशनिश्चरे नगरपालिका-७ मा धारिलो हतियार प्रहार गरी १४ वर्षीया किशोरी ज्ञानमति थुलुङ राईको हत्या भएको थियो।

खोटाङको ऐसेलुखर्क वडा नम्बर ६ निवासी दानबहादुर राईकी छोरी ज्ञानमति फूपुको घरमा बस्दै आएकी थिइन्। 

अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

 ज्ञानमति पथरीस्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत थिइन्। कोसी अञ्चल प्रहरी कार्यालय धरानबाट कुकुर ल्याएर घटनास्थलको अनुसन्धान भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .